वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्थी - ४
हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) को स्थापना तथ्याङ्क ऐन २०१५ बमोजिम वि.स. २०१५ साल मार्ग १५ गते भएको हो । तथ्याङ्क ऐन २०७९ मा व्यवस्था भए बमोजिम तत्कालीन अवस्थामा राष्ट्रिय योजना आयोग मातहत रहेको केन्द्रीय तथ्याङ्क विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत राखी यसको नेतृत्व सचिव स्तरको कार्यालय प्रमुखले गर्ने ब्यवस्था गरिएको छ। तथ्याङ्क ऐन २०१५ र तथ्याङ्क नियमावली २०४१ मा ब्यवस्था भए बमोजिम केन्द्रीय तथ्याङ्क विभागको कार्य सम्पादनमा सहयोग पुर्याउने उद्देश्यले यस कार्यालयको स्थापना वि.स. २०५० साल भदौ १ गते भएको हो।स्थापना कालमा यस कार्यालयको नाम शाखा तथ्याङ्क कार्यालय रहेकोमा आ.व. २०७१/०७२ देखि कार्यालयको नाम परिमार्जन भई तथ्याङ्क कार्यालय गोरखा भएको थियो। तथ्याङ्क ऐन २०७९ जारी भएपछि कार्यालय पुनःसंरचित हुँदा यस कार्यालयको नाम तथ्याङ्क समन्वय कार्यालय, गोरखा रहेको छ।यस कार्यालयको कार्यक्षेत्र तिनवटा जिल्ला तोकिएको छ। जस अन्तर्गत गोरखा, लमजुङ, मनाङ जिल्लाहरु पर्दछन्। हाल यो कार्यालय गण्डकी प्रदेश अन्तर्गत रहेको गोरखा जिल्ला गोरखा नगरपालिका-६ हरमटारमा भाडाको कार्यालय भवनमा रहेको छ ।
यस कार्यालयको स्थापना पछि स्थानीय स्तरमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालन हुने गणना एवं सर्वेक्षणहरूमा सहयोगी भुमिका निभाउनुको अतिरिक्त कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहेका जिल्लामा समेत तथ्याकीय क्रियाकलापमा समन्वय गर्दै आएको छ। आफ्नो कार्य क्षेत्रभित्र यस कार्यालयले सेवाग्राही जनताहरूलाई सर्व सुलभ र निःशुल्करुपमा तथ्याङ्क सेवा उपलब्ध गराउँदै आएको छ । कार्यालय स्थापनापश्चात स्थानीय स्तरमा तथ्याङ्कीय गतिविधीमा बृद्धि हुँदै गएको छ ।